भानु-५ मा नेपाली कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा नहकुल अधिकारी

Byकिरण श्रेष्ठ

५ जेष्ठ २०७९, बिहीबार ००:०३ ५ जेष्ठ २०७९, बिहीबार ००:०३ ५ जेष्ठ २०७९, बिहीबार ००:०३

भानु । तनहुँको भानु नगरपालिकामा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा नेपाली काङ्ग्रेसका नहकुल अधिकारीले ९ सय ५५ मत ल्याएर विजयी भएका छन ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका भरत अधिकारीले ६ सय ५५, नेकपा माओवादी केन्द्रका खडग राज मल्लले ४८ मत, राप्रपाका कृष्ण बहादुर थापाले ६८ मत पाएका छन ।

महिला सदस्यमा नेपाली काङ्ग्रेसकी कमला आलेले ९ सय २२ मत, दलित महिला सदस्यमा कल्पना परियारले ९ सय ५६ मत, खुल्ला सदस्यमा प्रेम बहादुर अधिकारीले ९ सय २ र मोहन बहादुर खातीले ८ सय ८१ मत पाएर विजयी भएका छन ।

यस्तै महिला सदस्यमा नेकपा एमालेकी देबु विष्टले ६ सय ४६, माओवादीकी पुष्पा शाहीले ५१, राप्रपाकी शर्मिला गुरुङ्गले ८१ मत पाइन ।

त्यस्तै दलित महिला सदस्यमा एमालेकी रचना विकले ६ सय १०, राप्रपाकी ज्योति कुवार क्षेत्री परियारले ७४, माओवादीकी राममाया सार्कीले ४६ मत पाएकी छिन ।

पहिलो खुल्ला सदस्यमा एमालेका कुल बहादुर रानाले ५ सय ७०, राप्रपाका कमल विष्टले १ सय ४१ मत, माओवादीका नेत्र बहादुर घर्तीले ४७ र स्वतन्त्र उम्मेदवार सन्दीप खातीले ५० मत पाए ।

दोस्रो खुल्ला सदस्यमा एमालेका चन्द्र बहादुर भण्डारीले ५ सय ५६, राप्रपाका विकास खत्रीले १ सय १५, माओवादीका श्याम बहादुर थापाले ४८ मत पाए ।

भानु-५ बाट मेयरमा नेपाली काङ्ग्रेसका आनन्द राज त्रिपाठीलाइ १ हजार ५, एमालेका सिताराम बजगाईलाई ६०७ मत, राप्रपाका शेरजङ्ग अधिकारीलाई ४४ मत गएको छ ।

यस्तै नगर उपप्रमुखमा काङ्ग्रेसकी उमा गोतामेलाई ९ सय ३, एमाले-जोशी समुहका केशर बहादुर गुरुङलाई ३ सय ९७ मत, माओवादीकी ओम कुमारी पौडेललाई ५७, एकीकृत समाजवादीका श्रीराम पौडेललाई ४३ मत, स्वतन्त्र उम्मेदवार बिष्णु पोख्रेललाई ९ मत र राप्रपालाई ४६ मत गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *