शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका-१२ मा एमालेको प्यानल नै विजयी भएको छ । बुधवार साँझ सार्वजनिक मत परिणाम अनुसार एमालेका इन्द्र गुरुङ ९ मतान्तरले विजयी भएका हुन् ।

उनले ७ सय ५७ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका मनराज गुरुङले ७ सय ४८ मत ल्याए । नेपाली काङग्रेसका क्याप्टेन गज बहादुर गुरुङले ४ सय ७३ मत प्राप्त गरे । यस वडामा २०७४ को निर्वाचनमा माओवादीका मनराज १४ मतान्तरले वडाध्यक्षमा निर्वाचित भएका थिए ।

खुल्ला महिला सदस्यमा एमालेकी तुल माया गुरुङ ७७४, दलित महिला सदस्यमा सरिता राई विक ७८५, वडा सदस्यमा चेत बहादुर गुरुङ ७५६ र मनबहादुर कुवंर ७३७ मत ल्याउदै निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *