July 3, 2022

व्यास । तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेसले खाता खोलेको छ । बिहिबार जिल्लाको व्यास-३ मा कांग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसका अनुप राना विजयी भएका छन् । उनले आफ्नो प्रतिष्पर्धी नेकपा एमालेका बलराम श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका मंगलप्रसाद श्रेष्ठलाई हराएर विजयी भएका हुन् ।

विजयी रानाले ६ सय ५७ मत पाएर वडाध्यक्ष भएका हुन् । उनका प्रतिष्पर्धी एमालेका बलराम श्रेष्ठले २ सय ५२ मत पाए ।

यस्तै वडा सदस्यमा नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा विनु श्रेष्ठ, दलित महिला सदस्य श्रीमाया विक, खुल्ला सदस्यमा दधिराज घिमिरे र शान्तिरमण वाग्ले विजयी भएका छन् ।

व्यास ३ मा नगर प्रमुखलाई कुल खसेको १ हजार १७५ मत मध्य एमालेका [समर्थन पाएका (स्वतन्त्र) उम्मेदवार दीपकराज जोशीलाई ६२७ तथा कांग्रेसका बैकुण्ठनाथ न्यौपानेलाई ३३३ मत खसेको छ ।

यसैगरी, व्यास ३ मा नगर उपप्रमुखलाई कुल खसेको मत मध्य कांग्रेसकी इन्दिरा दरैलाई ४४९ तथा जोशी समूहको समर्थन पाएकी एमाले उम्मेदवार बसुन्धरा घर्तीलाई ४१७ मत खसेको छ ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box