व्यास-२ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा पुन: काशीराम श्रेष्ठ

Byकिरण श्रेष्ठ

५ जेष्ठ २०७९, बिहीबार २१:०६ ५ जेष्ठ २०७९, बिहीबार २१:०६ ५ जेष्ठ २०७९, बिहीबार २१:०६

व्यास । तनहुँको व्यास नगरपालिका-२ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा काशीराम श्रेष्ठ निर्वाचित भएका छन् । उनले ८०२ मत ल्याएका छन्  । यसअघि पनि उनि सोही वडाको वडाध्यक्ष थिए ।

उनका प्रतिष्पर्धी नेकपा एमाले र जोशी समुहका दीर्घ थापाले १८८ मत र स्वतन्त्र उम्मेदवार राजकुमार श्रेष्ठ (राकु)ले ३९० मत पाएका छन् ।

यस्तै महिला सदस्यमा रफत साना मियाले ८८४, दलित महिला सदस्यमा सविता रसाईलीले ८१५, खुल्ला सदस्यमा सुरेश वाग्लेले ७३८ र क्या.जगत बहादुर क्षेत्रीले ८२१ मत ल्याएर विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *