
तनहुँ । तनहुँमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पालिका प्रमुखले शपथग्रहण गरेका छन् । बिहीबार जिल्लाको ५ पालिकाका प्रमुखले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना समक्ष शपथग्रहण गरेका हुन् ।
जिल्लाको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले न्यायाधीश ढुङ्गाना समक्ष शपथग्रहण गरेका हुन् । मंगबार नै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले शपथग्रहण गरिसकेका छन् ।
उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यलाई पालिका प्रमुखले सपथ गराउनेछन् ।
स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष तथा नगरपालिकाका प्रमुखले न्यायाधीश समक्ष शपथग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ ।
नवनिर्वाचित प्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण गर्दै प्रतिनिधिहरुले नागरिकसमक्ष गरेको बाचा पूरा गर्ने प्रतिवद्धता जनाए ।