सालको काठसहित ४ जना पक्राउ

Byकिरण श्रेष्ठ

५ जेष्ठ २०७९, बिहीबार २१:४६ ५ जेष्ठ २०७९, बिहीबार २१:४६ ५ जेष्ठ २०७९, बिहीबार २१:४६

तनहुँ । सालको काठसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. ७ धारापानी बस्ने जनक तिमिल्सिनाको पाखो बारीबाट २६ क्युफिट (८ थान गोलिया बोक्रा सहितको) सालको काठ ग १ त ५७८६ नं.को ट्याक्टरमा लोड गरी ल्याउदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको गस्ति टोलीले फेला पारी उक्त काठ लोड भएको ट्याक्टर सहित नियन्त्रणमा लिई शव डिभिजन बन कार्यालय शुक्लागण्डकीमा बुझाईएको ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं. ६ बस्ने वर्ष २१ को विमल वली, शुक्लागण्डकी नगरपालिका वडा नं. ६ ग्यारसिङ बस्ने बर्ष ३२ को प्रेम बहादुर बि.क., शुक्लागण्डकी नगरपालिका वडा नं. ६ नौबिसे बस्ने बर्ष २५ को पदम बहादुर सुनार र शुक्लागण्डकी नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३२ को सोम बहादुर नेपाली रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *