July 3, 2022

व्यास । तनहुँको व्यास नगरपालिकामा नेकपा एमालेले खाता खोलेको छ । एमालेले व्यास-४ को वडाध्यक्ष जितेको छ ।

वडाध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । नेपाली कांग्रेसका देवबहादुर गुरुङलाई पराजित गर्दै उनी वडाध्यक्ष बनेका हुन् । वडाध्यक्षमा विजयी गुरुङ यसअघिका वडा सदस्य हुन् ।

२०७४ को निर्वाचनमा पनि एमालेले व्यास-४ वडा जितेको थियो ।

अन्य सबै वडा सदस्यमा भने नेपाली कांग्रेस विजयी भएका छन् । खुल्ला वडा सदस्यमा सरोज भण्डारी, कर्ण गुरुङ, महिला वडासदस्यमा गौमाया न्यौपाने र दलित महिला सदस्यमा राधा विक विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box