June 25, 2022

तनहुँ । तनहुँमा वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पालिका प्रमुखले शपथग्रहण गरेका छन् । जिल्लाको आठ पालिकाका प्रमुखले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गाना समक्ष शपथग्रहण गरेका हुन् ।

बिहीबार जिल्लाको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले न्यायाधीश ढुङ्गाना समक्ष शपथग्रहण गरेका हुन् । मंगबार नै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले शपथग्रहण गरिसकेका छन् । त्यस्तै शुक्रबार शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित र बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले शपथग्रहण गरेका छन् ।

उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यलाई पालिका प्रमुखले सपथ गराउनेछन् । जिल्लाको केहि पालिकामा प्रमुख/अध्यक्षले उपप्रमुख/उपाध्यक्ष संगै वडाध्यक्ष र वडा सदस्यलाई सपथ ग्रहण गराएका छन् । भने केहि पालिकाको बाँकी रहेको छ ।

यता भानु नगरपालिकाको भने सपथग्रहण बाँकी रहेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले जानकारी दिए । व्यास नगरपालिकाको भने मतगणना जारी नै रहेको छ ।

स्थानीय तह निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष तथा नगरपालिकाका प्रमुखले न्यायाधीश समक्ष शपथग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ ।

नवनिर्वाचित प्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले सपथ ग्रहण गराएका थिए । सपथ ग्रहण गर्दै प्रतिनिधिहरुले नागरिकसमक्ष गरेको बाचा पूरा गर्ने प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published.

Holler Box