
किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपानेले अग्रता लिईरहेका छन् । मतगणनाको सुरुवाती चरणमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिए पनि अहिले भने न्यौपानेले अग्रता बढाएका हुन् ।
काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीका जेठा छोरा दीपकराज जोशीलाई एमालेको सर्मथन छ भने कांग्रेस एक्लै प्रतिस्पर्धामा छ ।
पछिल्लो मतगणनाको अपडेट अनुसार काँग्रेस उम्मेदवार न्यौपानेले १० हजार ३६५ मतसहित अग्रता बनाएका छन् । उनलाई दीपकराज जोशीले १० हजार ३० मतका साथ पछ्याइरहेको अवस्था छ । जोशीलाई न्यौपानेले ३६५ मतले पछाडि पारेका छन् । न्यौपाने व्यास नगरपालिकाको निवर्तमान प्रमुख हुन् ।
व्यास नगरपालिकामा कुल ३० हजार २४७ मत खसेको थियो ।
व्यास-६ को मतगणना सुरु भएपछि न्यौपानेको मतान्तर कम हुन थालेको थियो । शनिबार व्यास-१० को मतगणना सुरु भएपछी दिउँसो साढे ३ बजेपछि न्यौपानेले अग्रता लिएका हुन् ।
व्यास नगरपालिकाको वडा नं १ देखि ९ सम्मको मतगणना हुँदा न्यौपाने जोशी भन्दा पछाडि रहेका थिए । ग्रामीण भेगको मतगणनामा न्यौपाने अगाडि बढेका हुन् ।
उपमेयरमा कांग्रेसकी दरैको अग्रता कायमै
त्यस्तै, उपप्रमुखमा भने नेपाली कांग्रेसकी इन्दिरा दरै अगाडी छिन । उनकी प्रतिष्पर्धि नेकपा एमालेकी बसुन्धरा घर्ती निकै पछाडी परेकी छिन ।
पछिल्लो अपडेट अनुसार दरैले १० हजार ९१३ मत ल्याउँदा घर्तीले ८ हजार ३०७ मत मात्रै पाएकी छिन । दरै घर्ती भन्दा २ हजार ६०६ मतले अगाडी छिन ।
व्यास नगरपालिकामा ३० हजार २४७ मत खसेको छ । अहिले व्यास १०, ११, १२, १३ को मतगणना जारी रहेको छ भने व्यास १४ को मत गन्न बाँकी नै छ ।
यो पनि :
व्यास नगरपालिकाको मेयरमा कांग्रेसका वैकुण्ठ न्यौपाने अगाडी, पछि परे दीपकराज जोशी (मत सहित)
व्यास नगरपालिकाको मेयरमा जोशीको अग्रता कायमै: पछ्याउदै न्यौपाने, घट्यो मतान्तर (मत सहित)