June 3, 2023

व्यास । तनहुँको व्यास नगरपालिका-१२ को वडाध्यक्षमा नेपाली कांग्रेसका बमबहादुर आले विजयी भएका छन् । आलेले ९३१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् ।

आलेका प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर अधिकारीले ८९९ मत प्राप्त गरे । आले ३२ मतान्तरले वडाध्यक्षमा विजयी भएका हुन् ।

तीन सदस्य नेपाली कांग्रेसले नै जितेको छ भने एक वडासदस्य नेकपा एमालेले जितेको छ ।

महिला सदस्यमा कांग्रेसकी राजकुमारी सेढाइले ९६२ र दलित महिला सदस्यमा हरिमाया उपरकोटी, खुल्ला सदस्यमा काँग्रेसका विज्ञान कैनीले ९३७ मत र खुल्ला सदस्य मै एमालेका हर्कबहादर कार्कीले ९०५ मत पाएर विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box