July 3, 2022

व्यास । तनहुँको व्यास नगरपालिका-१४ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा नेपाली कांग्रेसका काजीमान श्रेष्ठ निर्वाचित भएका छन् । उनि वडाध्यक्षमा दोहोरिएका हुन । यसअघि पनि श्रेष्ठ सोही वडाको वडाध्यक्ष थिए ।
उनले प्रतिस्पर्धी नेकपा एमालेका नुर बहादुर आलेलाई हराएर वडाध्यक्षमा विजयी भएका हुन ।

श्रेष्ठले ७२६ मत ल्याएर पुन: वडाध्यक्षमा विजयी हुँदा उनका प्रतिष्पर्धि एमालेका आलेले ३४२ मत ल्याए ।

सदस्यहरु कांग्रेसकै उम्मेदवार विजयी भएका छन । महिला सदस्यमा नरी माया रानाले ६७४, दलित महिला सदस्यमा कृष्ण माया सुनारले ६४७, खुल्ला सदस्यमा दुर्गा बहादुर आलेले ६२३ र होम लाल थापाले ६१२ मत पाएर विजयी भएका छन ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box