July 3, 2022

म्याग्दे । तनहुँमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको म्याग्दे गाउँपालिका-१ तल्लो गुणादीमा बसले स्कुटरलाई ठक्कर दिंदा भिमाद नगरपालिका-२ बस्ने ४० वर्षीया पवित्रा थापा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

थापाको उपचारका क्रममा दमौली अपतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । आमासँगै दमौली आइरहेका उनका २० वर्षीय छोरा सुशीर थापाको गम्भीर रहेकाले उपचारका लागी पोखरामा लागएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box