तनहुँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य ध्रुव वाग्लेसहित ८ जनालाई कारबाहीको लागि सिफारिस गरिएको छ ।

नेपाली काँग्रेस वडा नं ५ को वडा कार्य समितिको बैठकले कारबाहीको लागि व्यास नगर समितिलाई सिफारिस गर्ने निर्णय अनुरुप मंगलबार सिफारिस पत्र बुझाइएको हो ।

पार्टीका केन्द्रिय सदस्य ध्रुव वाग्ले, महाधिवेशन प्रतिनिधी मोहन कुमार श्रेष्ठ, प्रदेश प्रतिनिधी सुलोचना गौतम, क्षेत्रीय प्रतिनिधी गंगाबहादुर राना, भिमकुमार श्रेष्ठ, व्यास–५ का वडा कार्य समिति सदस्य पविन्द्र खनाल, दीपेन्द्र खनाल र विश्वराज खनाललाई कारबाहीको लागि सिफारिस गरिएको व्यास नगरपालिका वडा नं ५ का वडा सभापति सुरबहादुर थापाले बताए ।

व्यास नगरपालिका वडा नं ५ को टोलीले व्यास नगरसभापति सूर्यचन्द्र हड्खलेलाई कारबाहीको लागि सिफारिस पत्र हस्तान्तरण गरेका हुन् ।

उनिहरु माथि गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस व्यासका मेयर, उपमेयर र व्यास–५ का आधिकारिक उम्मेदवारलाई पराजित गर्न सक्रिय भूमिका खेलेका आरोप छ ।

पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस पत्रमा बुझाइएको व्यास नगरपालिका वडा नं ५ का वडा सभापति सुरबहादुर थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *