July 3, 2022

तनहुँ । लोकदोहोरी गायक बसन्त विश्वकर्माको नयाँ गित सार्वजनिक भएको छ । बिहीबार गायक विश्वकर्माले आफ्नै युटुव मार्फत ‘रेलिमै’ बोलको नयाँ गित सार्वजनिक गरेका हुन् ।

उक्त गित नेपालको विशेष गरी तराई क्षेत्रमा चली आएको दाइजो प्रथा सँग सम्बन्धित रहेको छ । नेपालमा दाइजोक कारण वर्षेनी कयौं महिलाहरुले ज्याब गुमाउनु परेको छ । सोही समस्यालाई गितको भिडिओमा देखाइएको छ । र, प्रश्न गरिएको छ, अझै कहिले सम्म… ?

गायक विश्वकर्मा भन्छन “म त्यो समयको प्रखाईमा छु, जुन समयमा कुप्रथा इतिहासमा मात्रै थियो भन्ने होस।”

केही दशक अघिसम्म साइकल, घडी र रेडियोसम्म लिएर विवाह गरेको पुस्ताले अहिले आफ्ना शिक्षित छोरीको विवाहका लागि जिन्सी, गरगहनासँगै लाखौं रुपैयाँ दाइजोका रूपमा दिनुपर्ने बाध्यतामा छन् ।

त्यसो त निम्न वर्गमा छोरीलाई पढाइलेखाइ सक्षम बनाउने चलन नभएको होइन । तर, त्यति हुँदाहुँदै पनि बिहेमा दिइने दाइजोको चिन्ताले भने अभिभावकलाई बढी नै पिरोल्ने गरेको छ ।

परम्परा धान्न र समाजमा ‘इज्जत बचाउन’ कै लागि भए पनि घर/घडेरी बिक्री गर्ने वा ऋण लिएर विवाह गर्ने चलन बढेको छ । कतिसम्म भने दाइजोका रूपमा मोटरसाइकल, गाडी र लाखौ रुपैयाँसम्म पनि माग्न थालेका छन् । उक्त ‘रेलिमै’ गितको भिडिओमा पनि मोटरसाइकल नपाउदा श्रीमानले कुटपिट गरेको देख्न सकिन्छ ।

उक्त गितमा गायक बसन्त विश्वकर्मा र गायिका शान्ती श्री परियारको स्वर रहेको छ । गितको शब्द गायक बसन्त विश्वकर्मा कै रहेको छ भने गायक प्रकाश दुतराजको सङ्गीत रहको छ ।

उक्त गितको भिडिओमा गायक बसन्त विश्वकर्मा, मोडल उषा उप्रेति र मोडल मौसम दरै लगाएतको अभिनय रहेको छ । भिडिओको छायांकन दुर्गा पौडेल, निर्देशन मौसम हिमाली र सम्पादन नबिन घर्ती मगरले गरेका छन् ।

        यस्तो छ गीत, भिडिओ :

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box