June 2, 2023

तनहुँ । स्थानीय तहको निर्वाचन अन्तर्गत तनहुँमा पनि आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चुनिएका छन् । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय उम्मेदवार ०७४ मा निर्वाचित जनप्रतिनिधि समेत थिए । तर मतदाताले निवर्तमान जनप्रतिनिधिभन्दा नयाँ उम्मेदवारलाई बढी रुचाएको देखिन्छ ।

दोस्रो पटक टिकट लिएर उम्मेदवार भएका अधिकांशले पराजय भोग्नु परेको छ । विगतका पाँच वर्षमा उत्कृष्ट काम गरेको ठहरिएका जनप्रतिनिधिलाई पनि जनताले दोहो¥याउन नचाहेको पाइएको छ ।

उत्कृष्ट काम गरेको भन्दै जिल्लाभर चर्चा बटुल्न सफल जिल्लाको म्याग्दे गाउँपालिकाकी निवर्तमान अध्यक्ष मायादेवी रानाको पराजय त्यसको ज्वलन्त उदाहरण हो । राना नेतृत्वमा आएदेखि नै म्याग्दे गाउँपालिका चर्चामा आइरह्यो ।

जिल्लामा एक मात्रै महिला प्रमुखका रुपमा होस् या महिलाका हकहितमा गरिएका विभिन्न कार्यक्रमले म्याग्दे गाउँपालिकाको चर्चा सधैव भईरह्यो । कार्य सम्पादनमा जिल्लाका अन्य पालिकाको भन्दा म्याग्दे नै आगाडी आउथ्यो ।

यी र यस्तै कुरा हेरेर काँग्रेसले बिना संकोच रानालाई दोस्रो पटक टिकट दियो । तर उनी एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भए । एमाले उम्मेदवार श्रेष्ठले ४ हजार ९५० मत ल्याउँदा रानाले ४ हजार २३२ मतमा रोकिईन ।

०७४ मा ४ हजार ५४२ सय मतसहित राना विजयी भएकी थिईन । उनीसँग एमाले उम्मेदवार श्रीप्रसाद श्रेष्ठ ३ हजार ४६१ मत ल्याएर पराजित भएका थिए । गत निर्वाचनमा रानाले हराएका एमालेका श्रेष्ठले नै यसपाली रानालाई हराएका हुन् ।

पाँच वर्षमा गरेको उत्कृष्ट काम हुँदा पनि राना जनताबाट अस्वीकृत भईन । तर म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका बालकृष्ण घिमिरे दोहोरिएका छन् । घिमिरे दोहिरिदा अध्यक्षमा राना दोहोरिन सकिनन् । रानामाथि कांग्रेस भित्रबाट धोका भएको उनि निकटको भनाई छ ।

यता जिल्लाको बन्दीपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दोहोरिन खोजेका माओवादी केन्द्रका उम्मेदवार पराजित भएका छन् । गाउँपालिकाको अध्यक्षमा पूर्णसिं थापा र उपाध्यक्षमा करुणा गुरुङ दोहोरिन यसपालि सकेनन् । अध्यक्षमा थापा एमालेका सुरेन्द्र बहादुर थापासँग पराजित भए । एमालेका सुरेन्द्रले ३ हजार २२९ मत ल्याउदा माओवादीका पूर्णसिंले ३ हजार १६६ मत मात्रै पाए । गत २०७४ को निर्वाचनमा पूर्णसिं थापाले २ हजार ८६३ मतसहित विजयी भएका थिए ।

यस्तै उपाध्यक्षमा करुणा गुरुङ पनि दोहोराउने असफल भईन । उनि कांग्रेसकी पन्चमाया गुरुङसँग पराजित भईन । कांग्रेसकी पन्चमायाले ३ हजार २७ मात पाउँदा माओवादीकी करुणाले ३ हजार २५ मत पाइन् । दुई मतले करुणाको उपाध्यक्ष दोहोराउने यात्रामा ब्रेक लागेको छ । गत २०७४ को निर्वाचनमा करुणाले २ हजार ६८४ मतसहित विजयी भएकी थिइन् ।
माओवादी बन्दिपुरले आफ्नै पार्टी भित्रको अन्तरघातका कारण आफ्ना उम्मेदवार विजयी हुन नसकेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यस्तै आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गिर बहादुर थापा र देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेका दुर्ग बहादुर थापाको दोहोरिने योजनामा ब्रेक लागेको छ ।

उनिहरु दुवै पराजित भएका छन् । आँबुखैरेनी गाउँपालिकामा माओवादीका शुक्र चुमान विजयी भएका छन् । चुमानले ३ हजार ९४० मत ल्याएर विजयी हुँदा कांग्रेसका थापाले २ हजार २३० मत मात्रै पाए । गत २०७४ को निर्वाचनमा थापा २ हजार ५८९ मतसहित विजयी भएका थिए । अहिले थापाले गत निर्वाचनमा भन्दा निकै कम मत पाए ।

यस्तै देवघाट गाउँपालिका एमालेका दुर्ग बहादुर थापालाई हराउदै कांग्रेसका तिल बहादुर थापा विजयी भएका छन् । यो संगै दुर्गबहादुर थापाको अध्यक्षमा दोहोराउने योजनामा रोकिएको छ । कांग्रेसका तिल बहादुर थापाले ४ हजार ३०६ मत ल्याएर विजयी हुँदा एमालेका दुर्ग बहादुर थापाले ३ हजार ४८३ मत मात्रै पाए । गत २०७४ को निर्वाचनमा दुर्ग बहादुर थापा २ हजार ८७९ मतसहित अध्यक्षमा विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box