बेनिटारबाट लागूऔषधसहित दुई जना पक्राउ

Byकिरण श्रेष्ठ

१८ जेष्ठ २०७९, बुधबार १२:१८ १८ जेष्ठ २०७९, बुधबार १२:१८ १८ जेष्ठ २०७९, बुधबार १२:१८

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका -४ बेनिटार स्थित पृथ्वि राजमार्गमा खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ६०१९ नं.को बसमा सवार स्याङ्जाको वालिङ नगरपालिका-१ बस्ने २४ वर्षीय विशाल सुनार र वालिङ-९ बस्ने २४ वर्षीय आकाश तामाङले बोकेको झोला शंका लागि चेकजाँच गर्ने क्रममा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।

उनिहरुले बोकेको जेब्रा झोलामा ७ किलो ५०० ग्राम लागूऔषध गाँजा बरामद गरी लागूऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *