July 3, 2022

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा १२ वटामा ३५ जना नगरसभा सदस्य निर्वाचित भएपछि स्पष्ट बहुमत ल्याएको एमालेले आफ्ना ८ सदस्यलाई कार्यपालिकामा चयन गर्न सफल भएको हो ।

बिहीबार भएको निर्वाचनमा पाँच निर्वाचित महिला सदस्यहरु मध्ये डोलमाया गुरुङ, सिता तिम्सिना, रिता नेपाली, सुनिता सुनार र शारदा ढकाल निर्वाचित भएका छन् ।

यस्तै दलित र अल्पसङ्ख्यक तर्फमा सन्तोष विक, खिमबहादुर कुमाल र विमल जिसी कार्यपालिका सदस्यमा चयन हुन सफल भएको नगरपालिकाका प्रवक्ता सचिन भुजेलले जानकारी दिए ।

उनका अनुसार नगर सभामा एमालेको ३५ सदस्यसहित स्पष्ट बहुमत थियो भने काँग्रेस र माओवादी गठबन्धनमा जम्मा २७ सदस्य निर्वाचित भएका थिए । निर्वाचित सबै उम्मेदवारले ३५ मत प्राप्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box