June 25, 2022

काठमाडौँ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमको सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा प्रति लिटरमा १०/१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका सह–प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्ने निगमले जनाएको छ ।

निगमले प्रकाशित गरेको विज्ञप्ति अनुसार खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत् नै रहेको छ ।

Leave a Reply

Your email address will not be published.

Holler Box