व्यास नगरपालिकाको कार्यपालिका निर्वाचन, २५ गते मतदान हुने

Byकिरण श्रेष्ठ

१९ जेष्ठ २०७९, बिहीबार २२:२९ १९ जेष्ठ २०७९, बिहीबार २२:२९ १९ जेष्ठ २०७९, बिहीबार २२:२९

तनहुँ । तनहुँको व्यास नगरपालिकाको कार्यपालिका चुनावका लागि कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्यपालिका सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।

उक्त तालिका अनुसार जेठ १९ गते उम्मेदवारको नामावली प्रकाशन, मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित मतदाता नामावली प्रकाशित गरिनेछ । जेठ २० गते मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ गरिनेछ ।

यस्तै जेठ २१ गते मनोनयन र २५ गते मतदानको कार्यतालिका रहेको छ । नगरपालिकामा आठ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन्। त्यसमध्ये पाँच जना महिला वडा सदस्यबाट र तीन जना दलित/अल्पसंख्यकबाट निर्वाचित हुने प्रावधान रहेको छ ।

जिल्लाको व्यास नगरपालिकामा नेपाली कांग्रेसको बहुमत रहेको छ ।

जिल्लाको भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिकामा कार्यपालिका सदस्य चयन भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *