June 25, 2022

भिमाद । तनहुँको भिमाद-९ च्यानडाँडामा ग्यासको सिलिन्डर पड्किदा एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार बेलुकी जिल्लाको भिमाद नगरपालिका वडा ९ च्यानडाँडा बस्ने शिव नारायण केसीको घरको कोठामा खाना पकाउने ग्याँस सिलिन्डर अचानक पड्किदा घर कोठामा आगोलागी हुँदा उनको छोरी ११ वर्षिया सुवेक्षा केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त आगोमा परी जली घटनास्थलमा नै बालिकाको मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

Holler Box