July 3, 2022

तनहुँ । तनहुँको व्यास-१२ देउरालीमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका-१ का २१ वर्षीया इश्वर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको टिप्परले बिपरीत दिशामा गुडिरहेको ग १५ प १४८४ नम्बरको स्कुटरलाई ठक्कर स्कुटर चालकको मृत्यु भएको हो ।

स्कुटर टिप्परको अगाडिको भाग मुनी छिरेको थियो ।

घट्ना पश्चात स्थानीयबासीले पृथ्वीराजमार्ग सडक खण्ड अन्र्तगत अवरुद्ध गरेका छन् ।

तस्बिर : बिरान आले

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box