
तनहुँ । तनहुँको भानुमा वर्षाले पुलको पर्खाल भत्काउदा यातायात अवरुद्ध भएको छ ।
गएराति देखि परेको वर्षाको कारण चुदि खोलामा आएको बाढिले भानु-२ र भानु-५ जोडने बाङ्गेरहको पुलको पर्खाल भत्काएको हो ।
भानु-२ तर्फको पर्खाल वर्षाले बगाउदा सवारी साधनहरु आवातजावत अवरुद्ध भएको हो ।
स्थानीयले पानी रोकिए पछि सवारी आवतजावतको व्यवस्था मिलाउन भानु नगरपालिकालाई अनुरोध गरेका छन ।
तस्बिर : राजेश कार्की