July 3, 2022

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको छोरी संज्ञा पोखरेल गम्भीर घाइते भएकी छिन् ।

आफ्नै घरको चौथो तलाबाट खसेर गम्भीर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरको आइसीयुमा उपचार भइरहेको छ । उनी नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको सदस्यसमेत हुन् ।

पोखरेलको दायाँ गोडा, दायाँ हात र कम्मरको हड्डी भाँच्चिएको छ भने मुहारमा पनि चोटपटक लागेको छ ।

नेता पौडेलले आज बिहानै अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

चिकित्सकका अनुसार पोखरेललाई ‘मल्टिपल इन्जुरी’ देखिएकोले अझै केही समय आइसीयुमै राखेर उपचार गरिनेछ ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box