आँबुखैरेनीको सडक भासिएको ठाउँबाट कार र मोटरसाइकल खस्याे, २ जनाको शव फेला

Byकिरण श्रेष्ठ

२७ जेष्ठ २०७९, शुक्रबार ०९:५२ २७ जेष्ठ २०७९, शुक्रबार ०९:५२ २७ जेष्ठ २०७९, शुक्रबार ०९:५२

तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी-मुग्लिन खण्डमा सडक भासिएको ठाँउबाट कार र माेटरसाईकल मर्स्याङ्दी नदिमा खसेको छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ डम्पी नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ ।

नदि किनारमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

मृतक दुवैको सनाखत हुन नसकेको डिएसपी खड्काले बताए ।

कारमा कति जना सवार थिए भन्ने अझै पत्ता भने नलागेको उनले बताए । यद्यपि माेटरसाईकलमा सवार व्यक्ति भने सकुशल छन् ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजी कार्य गरिरहेको छ । उनले भने ‘नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।’

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ ।

सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको डिएसपी खड्काले जानकारी दिए ।

सडक भासिँदा बिहान देखि दुई तर्फी सवारी आवागमन बन्द भएको हो ।

सडक मर्मत गर्न समय लाग्ने भएको कारण उक्त रूट भएर संचालन हुने सवारी साधनहरूलाई बैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय तनहुँले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *