बन्दीपुरमा चितुवाको आक्रमणबाट २ जना घाइते

Byकिरण श्रेष्ठ

२९ जेष्ठ २०७९, आईतवार १०:०५ २९ जेष्ठ २०७९, आईतवार १०:०५ २९ जेष्ठ २०७९, आईतवार १०:०५

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको दुई ठाउँमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन ।

बन्दीपुर गाउँपालिका वडा नं १ बाघदले शिखर डाँडा बस्ने ३४ वर्षीय हिमलाल बरायान्जा मगर (माईला) लाई गएराति २:३० बजे आफ्नै घरको पिढीमा सुतिरहेको अबस्थामा चितुवाले आक्रमण गर्दा सामान्य घाईते भएको बन्दीपुर-१ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिए ।

उनको अहिले मोती मेडिकल हल डुम्रेमा उपचार भईरहेकोे वडाध्यक्ष श्रेष्ठले बताए ।

हिजो शनिबार बन्दीपुर ४ मा साँझ ८:३० बजे घरमै बसी रहेकाे अवस्थामा आठ वर्षीया बालिका रियाना थापालाई चितुवाले आक्रमण गरी घाईते बनाएको थियो ।

दुई ठाउँ नजिकै रहेकोे वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

साँझको समयमा सतर्क रहन समेत स्थानीयलाई उनलेे अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *