
तनहुँ । आँबुखैरेनी-मुग्लिन सडकखण्डमा राती पनि सवारी चल्ने भएको छ ।
अव उक्त सडकखण्डमा सानाठुला र हेभी सवारी साधनहरु (मालबाहक सवारी साधनहरुलाई) समेत संचालन हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं ४ साँखरमा गत शुक्रबार लगातार वर्षाको कारण पहिरो गई सडक भासिदा प्रशासनले उक्त सडक खण्ड भई आवतजावत गर्ने हेभी सवारी साधन (माल बाहक सवारी) लाई निषेध गरेको थियो भने साना यात्रु बाहक सवारी साधन (माईक्रो) समेत दुई पाङ्ग्रे सवारी साधनहरु बिहान ५:०० बजेदेखि साँझ ७:०० बजेसम्म मात्र संचालन गराउने सूचना जारी गरेको थियो ।
यता मुग्लिन-पोखरा सडक खण्ड निर्माणका लागि याम्पा फाँट र घाँसीकुवा सडक खण्डमा राती ११ बजेदेखी बिहान ४ बजेसम्म यातायात आवगमन यसअघि कै सूचना बमोजिम बन्द रहने निमित्त प्रमुख जिल्ला अधिकारी काशी राम गैह्रेले जानकारी दिए ।