
भानु । तनहुँको भानु नगरपालिकामा रहेकोे चुँदी खोलाले बगाएर स्थानीय दुई युवाको मृत्यु भएको छ ।
माछा मार्न भानु नगरपालिका वडा नम्बर २ र ५ को संगमस्थल बाङ्गेरह स्थित चुँदी खोला पुगेका स्थानीय भानु २ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका उनीहरु मृत अवस्थामा भेटिएको स्थानीय राजेश कार्कीले जानकारी दिए ।