July 3, 2022

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड सोमबारबाट दुईतर्फी सञ्चालनमा आएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको ठाउँमा पहरो काटेर सडक फराकिलो बनाएपछि सोमबारबाट दुई तर्फी सडक संचालन भएको हो ।

करिब साढे दुई मिटर पहरो काट्ने काम पूरा भएकाले दुईतर्फ सवारी सूचारु गरिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटरको बाटो बनेपछि सडक दुई तर्फी नै सञ्चालनमा आएको हो ।

यात्रुबाहक सवारीलाई दुईतर्फ नै सञ्चालन गर्न दिइएको भएपनि हेभीखालको मालबाहक सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन भएको प्रहरी जनाएको छ ।

गत शुक्रबार उक्त भासिएको सडकबाट मर्स्याङ्दी नदीमा कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु समेत भएको थियो ।

अव उक्त सडकखण्डमा राती पनि सानाठुला र हेभी सवारी साधनहरु (मालबाहक सवारी साधनहरुलाई) समेत संचालन हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

सडक भासिदा प्रशासनले उक्त सडक खण्ड भई आवतजावत गर्ने हेभी सवारी साधन (माल बाहक सवारी) लाई निषेध गरेको थियो भने साना यात्रु बाहक सवारी साधन (माईक्रो) समेत दुई पाङ्ग्रे सवारी साधनहरु बिहान ५:०० बजेदेखि साँझ ७:०० बजेसम्म मात्र संचालन गराउने सूचना जारी गरेको थियो ।

यता मुग्लिन-पोखरा सडक खण्ड निर्माणका लागि याम्पा फाँट र घाँसीकुवा सडक खण्डमा राती ११ बजेदेखी बिहान ४ बजेसम्म यातायात आवगमन यसअघि कै सूचना बमोजिम बन्द रहने निमित्त प्रमुख जिल्ला अधिकारी काशी राम गैह्रेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box