June 3, 2023

तनहुँ । तनहुँको बन्दीपुर क्षेत्रमा चितुवाको आतंक बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि खोर थापिएको छ ।

जिल्लाको बन्दीपुर गाउँपालिका-१ प्युघर नजिकै छपेली सामुदायिक वनमा चितुवा नियन्त्रणको लागि (पासो)खोर थापिएको सोही वडाका वडाध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिए ।

मंगलवार मात्र चितुवाको आक्रमणबाट बन्दिपुर १ बोडिस्वाँरामा ५ वर्षिय बालकको मृत्यु भएको थियो ।

जिल्लामा अहिलेसम्म चितुवाको आक्रमणबाट १२ जनाले ज्यान गुमाइसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box