July 3, 2022

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–४ पावर हाउस नजिकको रुवाखोला पुलबाट बिहिवार बिहान टिपर खस्दा टिपर चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परि जिल्लाको म्याग्दे गाउँपालिका–६ मनपाङ निवासी ४७ बर्षीय रामबहादुर दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मुग्लिनबाट आबुँखैरेनीतर्फ जाँदै गरेको ग १ क ४४६९ नम्बरको मिनि टिपर अनियन्त्रित भई पुलबाट अन्दाजी २०/२५ मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

दुर्घटनामा परि गम्भिर घाईते भएका दमाईको उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box