तनहुँको बलिफाँटमा सडक भासिदा डुम्रे-बेशिसहर सडकखण्ड पुर्ण बन्द

Byकिरण श्रेष्ठ

५ असार २०७९, आईतवार १०:४१ ५ असार २०७९, आईतवार १०:४१ ५ असार २०७९, आईतवार १०:४१

तनहुँ । तनहुँको भानु-८ बलिफाँटमा हिजो रातभर परेको पानीले सडक भासिएपछि उक्त खण्ड पुर्ण रुपमा बन्द भएको छ ।

अविरल वर्षाका कारण सडक वारपार नै भासिदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय नारेश्वटारले जनाएको छ ।

अहिलेसम्म उक्त ठाउँमा मर्मतको काम सुरु नभएको प्रहरीले जनाएको छ ।

सडक डिभिजन संग समन्वय गरी उक्त सडक भासिएको ठाँउमा ह्युम पाइप राखेर अवरुद्ध सडक खुलाउने तयारी रहेको प्रहरीले जनाएको छ ।

यता लगातारको वर्षापछि आएकाे पहिराेका कारण डुम्रे–बेँसीसहर सडकखण्ड अन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ ।

शनिबार साँझदेखी लगातार परेकाे वर्षाका कारण उक्त सडकखण्ड शनिबार रातीदेखि नै अवरुद्ध भएको हो ।

बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गतबर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो ।

लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्ण बहादुर  कार्कीका अनुसार  बेँसीसहरबाट गएका सवारीसाधन बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्।नयाँ ट्रयाक खोलेर बैकल्पिक बाटो खोजि गरी आइतबार साँझसम्म अवरुद्ध सडक खुलाइने डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अच्युत बिलास पन्तले  बताए ।

उनले भने- ‘सडकको १ सय मिटर माथी बाट पहिरो खसेको छ, तत्काल सडक खुलाउन सकिँदैन । यसका लागि बैकल्पिक बाटो खोज्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *