व्यास नगरपालिकाको बजेट एक अर्ब ६५ करोड ५४ लाख

Byखवरबाटिका

१० असार २०७९, शुक्रबार १८:२५ १० असार २०७९, शुक्रबार १८:२५ १० असार २०७९, शुक्रबार १८:२५

तनहुँ । तनहुँको व्यास नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि अनुमानित एक अर्ब ६५ करोड ५४ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले शुक्रबार ३७औं नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

सार्वजनिक बजेटमध्ये चालु खर्चतर्फ ८६ करोड ५५ लाख ६ हजार र पूँजीगत तर्फ ७८ करोड ९९ लाख ४५ हजार रहेको छ ।

प्रस्तुत बजेटमध्ये आर्थिक विकासतर्फ ४ करोड ९० लाख ३० हजार, सामाजिक विकासतर्फ ६८ करोड २९ लाख ८५ हजार, पूर्वाधार विकास तर्फ ४५ करोड ५८ लाख ७५ हजार, वातावरण तथा विपद्‍ व्यवस्थापनतर्फ ६ करोड ११ लाख ७५ हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ ४० करोड ६३ लाख ८६ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *