भानु जयन्तीमा राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिता हुने

Byकिरण श्रेष्ठ

११ असार २०७९, शनिबार ०८:०५ ११ असार २०७९, शनिबार ०८:०५ ११ असार २०७९, शनिबार ०८:०५

तनहुँ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितीले २०९औं भानु जयन्ती राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिताको आयोजना गरेर मनाउन भएको छ ।

बिहिबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा उक्त कार्यक्रमको जानकारी दिईएको हो । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगिताको आयोजना गर्न लागेको समितिले जनाएको छ ।

यहि असार २७, २८ र २९ गते तीन दिन विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउन लागिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष ऋषिराम पन्तले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री ल्याउने तयारी रहेकोे अध्यक्ष पन्तले जानकारी दिए ।

चुदी बासीले बाहिर गएपछि आफ्नो ठाउँ बिर्सिदा भानुभक्तको जन्मस्थल पछाडि परेको अध्यक्ष पन्त बताउछन् ।

संघ सरकारले १३ लाख चालु खर्चको लागी बजेट विनियोजन गरेको र भानु नगरपालिकाले पनि सहयोग गर्ने बचन दिएको समितिका कार्यकारी निर्देशक शंकर रानाभाट बताए । उनका अनुसार प्रतियोगीतामा एक सय माथी कविता आउने अनुमान गरिएको छ ।

उक्त समिति २०५२ सालमा स्थापना भएको उनले जानकारी दिए । बीचमा स्थानीय सरकार मातहतमा गएको र २०७७ जेठ १७ गते संघ सरकारमा पुनः गएको निर्देशक रानाभाटले बताए ।

प्रतियोगिताका नियमहरु समेत समितिले निर्धारण गरेअको छ । जसानुसार कविता नेपाली भाषामा लेखिएको हुनुपर्ने, कविता (अप्रकाशित) २०० शब्दमा नबढाई यूनीकोडमा टाईप गरेको हुनुपर्ने, कविता कसैको व्यक्तिगत चरित्र, राष्ट्र, धर्म, जातजाति र राजनैतिक आक्षेप लगाउने किसिमको हुन नहुने, कविता पठाउँदा प्रतियोगीको नाम, ठेगाना, फोटो, सम्पर्क नं. र ईमेल स्पष्ट उल्लेख हुनुपर्ने छ ।

असार २० सोमबार गतेसम्म कविता पठाउनुपर्ने र छनौटमा परेका कविले असार २८ गते स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्ने समितीले जनाएको छ ।कविता ईमेल adikabibhanubhakta1871@gmail.com र हुलाक बाट आदिकवि भानुभक्त जन्मस्थल विकास समिति भानु न.पा. वडा नं. ४, चुदी रम्घा तनहुँको ठेगानामा पठाउन सकिने निर्देशक रानाभाटले जानकारी दिए ।

राष्ट्रिय स्तरको खुल्ला कविता प्रतियोगितामा प्रथम हुनेले रु २० हजार, द्धितीय हुनेले रु १५ हजार, तृतिय हुनेले रु १० हजार र सान्त्वाना २ जनाले ५/५ हजार पाउनेछन ।

यस्तै विद्यालय स्तरीय कविता प्रतियोगितामा प्रथम हुनेले रु ५ हजार, द्वितीय हुनेले रु ३ हजार, तृतिय हुनेले रु २ हजार र सान्त्वाना २ जनाले एक/एक हजार पाउने समितिले जनाएको छ ।

त्यस्तै भानुभक्तीय रचना वाचन प्रतियोगितामा प्रथम हुनेले रु ५ हजार, द्धितीय हुनेले रु ३ हजार, तृतिय हुनेले रु २ हजार र सान्त्वाना २ जनाले एक/एक हजार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *