तनहुँ । तनहुँको भानु नगरपालिका-१ स्थित भन्सारमा भन्सार युवा परिवारको आयोजनामा १५औँ राष्ट्रिय खुल्ला नकआउट भानुकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको प्रमुख अतिथि भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठीले उद्घाटन गरेका थिए । सो अवसरमा भन्सार युवा परिवारले फुटबलको माध्यमले भानु जयन्तीलाई समेत निरन्तरता दिदै राष्ट्रिय विभुतिको स्मरणलाई संरक्षण गरेको बताए । उनले अगाडी भने ‘म पनि यसै भन्सार बासीको नाताले साथै भानु नगरपालिका प्रमुखको हैसियतले कमसेकम भानु जन्म जयन्तीलाइ कुनै न कुनै कार्यक्रमको माध्यमले हर्सोल्लाको साथ मनाउनु पर्ने र आगामी दिनहरुमा सबै बौद्दिक बर्ग, सङ्घ- सस्थाहरुसँग सल्लाह गरेर अझै नयाँ ढङ्गले भानु जयन्ती मनाउने प्रतिवद्दता व्यक्त गर्दछु ।’

उक्त प्रतियोगिता आगामी असार २० सोमबारदेखी असार २९ गतेसम्म संचालन हुनेछ । राष्ट्रिय विभुति आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको अवसरमा भानुकप फुटबल प्रतियोगिता आयोजना गरेको प्रतियोगिताका प्रचार प्रसार संयोजक बिपिन श्रेष्ठले जानकारी दिए ।

साथै सोमबार भएको उद्दघाटन खेलमा पुलजिप युवा क्लब आँबुखैरेनी-४ र ब्राइट फ्युचर युवा क्लब भानु-२ बीचको खेलमा शुन्यका विरुद्द एक गोल गरि पुलजीप युवा क्लब विजयी भएको छ । प्रतियोगितामा ३१ टिमको सहभागी रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले रु २ लाख रुपैयाँ सँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने समूहले १ लाख रुपैयाँ, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् । तृतिय स्थानमा समावेश हुने टिमलाई रु २० हजार र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, अनुशासित टिम र हरेक खेलमा म्यान अफ द म्याचलाई बिशेष पुरस्कारले पुरस्कृत आयोजकले जनाएको छ ।

यसैगरी असार २९ गते हुने छेलो तर्फ प्रथम पुरस्कार रु ५ हजार र प्रमाणपत्र रहेको छ भने दर्ता शुल्क रु २०० रहेको छ । २९ गते नै हुने बाघचाल तर्फ प्रथम पुरस्कार रु ६ हजार र प्रमाणपत्र रहेको छ भने दर्ता शुल्क रु २०० रहेको छ ।

वि.स. २०५९ सालमा स्थापित उक्त युवा क्लबले हरेक वर्ष भानु जयन्तीको अवसरमा युवालाई लक्षित गर्दै फुटबल, छेलो, बुद्धिचाल लगायतका विभिन्न खेलहरु संचालन गर्दे आइरहेको छ ।

गत २ वर्ष भने कोराना महामारीले गर्दा स्थगित भएको क्लबका अध्यक्ष अर्जुन श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *