भादगाउँको भुङ्गेमा डिभाइन-म्याङ्गो कप सुरु, २९ टिम सहभागी

Byकिरण श्रेष्ठ

२९ असार २०७९, बुधबार २१:३९ २९ असार २०७९, बुधबार २१:३९ २९ असार २०७९, बुधबार २१:३९

तनहुँ । तनहुँको व्यास-१ भादगाउँमा प्रथम डिभाइन-म्याङ्गो कप सुरु भएको छ ।

मंगलबारदेखि सुरु भएको उक्त फुटबल प्रतियोगितामा २९ टिमको सहभागीता रहेकोे आयोजक नवराज थापाले जानकारी दिए ।

व्यास-१ को भादगाउँ स्थित भुङ्गे खेलमैदानमा सुरु भएको सेभेन ए साइड फुटबल प्रतियोगिता यही असार ३२ गतेसम्म संचालन हुनेछ ।

उक्त प्रतियोगितामा प्रथम हुने टिमले ४४ हजार ४४४ रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र र दोस्रो हुने टिमले नगद २२ हजार २२२ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन ।

यस्तै उत्कृष्ट खेलाडीले दुई हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकले दुई हजार ५ सय नगदसहित ट्रफि, मेडल र उच्च गोलकर्ताले दुई हजार ५ सय नगदसहित ट्रफि, मेडल पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *