गठबन्धन गरेका दलले एउटै चुनाव चिन्ह लिन पाउने

Byखवरबाटिका

२१ श्रावण २०७९, शनिबार ००:१० २१ श्रावण २०७९, शनिबार ००:१० २१ श्रावण २०७९, शनिबार ००:१०

काठमाडौं । दुई वा त्यो भन्दा बढी दलहरुले गठबन्धन गरेर एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्न खोजेमा त्यो सुविधा पाउने भएका छन् । निर्वाचन आयोगले दल दर्ताको सार्वजनिक सूचना निकाल्दा गठबन्धन गरेर एउटै निर्वाचन चिन्तबाट समेत निर्वाचन लड्नसक्ने सुविधा दिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ मा दुई वा त्यो भन्दा बढी दलहरु एकल निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिन पाउने व्यवस्था छ । त्यसका लागि दुई वा बढी दलले कुनै दलको निर्वाचन चिन्ह लिएर संयुक्त रुपमा निर्वाचनमा भाग लिन पाउनेछन् । उनीहरुले आफूहरुको बाहेक अन्य कुनै निर्वाचन चिन्ह लिएर पनि निर्वाचनमा जान पाउनेछन् ।

संयुक्त रुपमा उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवार कुन दलमा आवद्ध हो भन्ने खुलाउनुपर्नेछ । यसरी संयुक्त निर्वाचनमा गएपछि सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नाममा एउटा मात्र संसदीय दल गठन हुनेछ । जुनसुकै दलबाट उम्मेद्वार भएपछि अरु सांसदहरु त्यही ठूलो दलको सांसद भएको मानिनेछ ।

तर, आफूहरुले प्रयोग गरेको बाहेक नयाँ निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने नयाँ संसदीय दल गठन गर्न मिल्नेछ । त्यसरी छुट्टै निर्वाचन चिन्ह लिएर प्रतिस्पर्धा गरेमा भने जुन दलको हो, त्यही दलको संसदिय दल गठन गर्न मिल्ने व्यवस्था ऐनमा छ ।

तर हालसम्म कुनैपनि दल वा गठबन्धनले यसरी निर्वाचनमा जाने निर्णय भने गरिसकेका छैनन् । ३१ साउनभित्र निर्णय नगरे उनीहरुले यस्तो सुविधा पाउदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *