एलिनालाई दमौली मोडल हन्टको उपाधी

Byकिरण श्रेष्ठ

८ आश्विन २०७९, शनिबार २१:५१ ८ आश्विन २०७९, शनिबार २१:५१ ८ आश्विन २०७९, शनिबार २१:५१

तनहुँ । बासु दरै प्रोडक्सनको आयोजनामा शनिबार दमौली मोडल हन्टको ग्रान्ड फिनाले सम्पन्न भएको छ । उक्त प्रतियोगितामा एलिना गुरुङ विजयी भएकी छिन । गुरुङले १० हजार नगद र निशुल्क ड्राइभिङको कोर्स पाएकी छिन ।

त्यसका साथै उनलेे दरै भाषाको गीतमा अफिसियल म्युजिक भिडिओको लिड रोलमा खेल्ने भएकी छिन ।

यस्तै दमौली मोडल हन्टमा फस्ट रनरअप अस्मिता घर्ती भएकी छिन । उनले ८ हजार नगद र निशुल्क ड्राइभिङको कोर्स पाएकी छिन ।

यस्तै सेकेन्ड रनरअप अनिता थापा भएकी छिन । उनलेे ६ हजार नगद पुरस्कार पाएकी छिन । उक्त प्रतियोगितामा १३ जनाले भाग लिएको आयोजक बासु दरैले जानकारी दिए ।

दरै भाषा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले उक्त मोडल हन्ट प्रतियोगिता आयोजना गरेको उनलेे जानकारी दिए ।

आफैले गीत लेखेर रेकर्ड गराएको दरैले बताए । अब मोडल हन्टको विजयी गुरुङले उक्त गीतको भिडिओमा अभिनय गर्ने दरैले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *