December 8, 2022

म्याग्दे । तनहुँको थर्पुमा पिकअप भ्यानको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । शुक्रबार दिउँसो तनहुँको म्याग्दे गाउँपालिका ४ थर्पु बजार स्थित भित्री सडकमा पिकअप भ्यानको ठक्करबाट म्याग्दे-२ बस्ने ७० वर्षिया ईन्दुमाया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

भ्यानको ठक्कर बाट घाइते नेपालीलाई तत्काल उपचारको लागी जि.पि. कोईराला श्वासप्रश्वास केन्द्र बेलचौतारा तनहुँ लगेकोमा उपचारको क्रममा चिकित्सक द्दारा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जिल्लाको म्याग्दे गाउँपालिका वडा नं ३ बस्ने २४ वर्षीय गणेश थापाले चलाएको सामान बोक्ने ग २ च ७०६० नं. को पिकअप भ्यानले पैदल यात्री नेपालीलाई ठक्कर दिएको थियो ।

चालक तथा पिकअप भ्यान जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *