रोटर्‍याक्ट क्लब अफ भानुको पदस्थापना

Byकिरण श्रेष्ठ

१६ आश्विन २०७९, आईतवार ००:११ १६ आश्विन २०७९, आईतवार ००:११ १६ आश्विन २०७९, आईतवार ००:११

भानु । रोटर्‍याक्ट क्लब अफ भानुको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । शनिबार भानु नगरपालिकाको भवनमा क्लबको दोस्रो पदस्थापना कार्यक्रम सम्पन्न भएको क्लबका अध्यक्ष अविन परियारले जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथि भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी रहेका थिए । सो अवसरमा बोल्दै मेयर त्रिपाठीले रोटर्‍याक्ट क्लबसंग संगै सहकार्य गरेर युवा र सामाजिक क्षेत्रमा अघि बढ्ने बताए ।

यस्तै कार्यक्रममा भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले कोरोना महामारीको समयमा क्लबले राहत वितरणमा उल्लेख्य योगदान पुर्र्याएकोमा धन्यवाद ज्ञापन गरिन ।

क्लबले सोही अवसरमा भानु-२ स्थित हो.रा.लो. माविमा कक्षा ४ मा अध्यायनरत हेमराज सुनुवारलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ नेपाल भुटान रिजन ४ राइला चियर दामोदर भण्डारी, रुरु भैरव दल गणका गणपती हिमालचल जंग शाह, रोटर्‍याक्ट नेपाल जोन १५ की जेडआरआर अनुषा श्रेष्ठ, एडएलटि सदिक्षा कँडेल, रोटरी क्लब अफ दमौलीका सचिव देवराज अधिकारी, रोटर्‍याक्ट क्लब अफ दमौलीका आगामी वर्षका अध्यक्ष अनुज बिमली, पुर्व अध्यक्ष मनोज राउत, रोटर्‍याक्ट क्लब अफ वेदव्यासकी अध्यक्ष सुस्मिता रेग्मी, जेसिआई भानु-बन्दीपुरका अध्यक्ष दिपक थापा लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत सकिना खातुन र कार्यक्रम संचलान क्लबका सचिव राजीव राउतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *