December 8, 2022

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा तनहुँका महासमिति सदस्य पूर्णबहादुर गुरुङ नेकपा एमालेमा प्रवेश गरेका छन् । तरुण दलको नेतासमेत रहिसकेका गुरुङ पछिल्लो समय गोविन्दराज जोशी समूह नजिक थिए ।

उनी सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर पार्टी प्रवेश गरेका हुन् ।

सो अवसरमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, तनहुँका निवर्तमान जिल्ला अध्यक्ष केदार सिग्देल लगायतका नेता सहभागी थिए ।

तस्बिर : नेपालप्रेस

 

चाकरी, चाप्लुसी र कृपावादको विरासत कै कारण कांग्रेस परित्याग गरेको पूर्ण गुरुङको घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *