माहेन्द्रीको पूर्व विद्यार्थी समाजको अध्यक्षमा पुन: कट्टेल

Byखवरबाटिका

१७ आश्विन २०७९, सोमबार २२:२० १७ आश्विन २०७९, सोमबार २२:२० १७ आश्विन २०७९, सोमबार २२:२०

तनहुँ । तनहुँको व्यास–९ झिनुवाटार स्थित माहेन्द्री माध्यमिक विद्यालयको पूर्व विद्यार्थी समाजको अध्यक्षमा पुन ःउद्धवराज कट्टेल चयन भएका छन् ।
विद्यालयलाई रचनात्मक तथा सृजनात्मक सहयोग गर्ने उद्देश्यले २०५९ सालमा गठित माहेन्द्री पूर्व विद्यार्थी समाजको आइतबार सम्पन्न भेलाले कट्टेललाई पुन ः एक पटक समितिको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको हो ।
नव गठित समितिको उपाध्यक्षमा भक्तबहादुर गोदार, सचिवमा विजय आचार्य, कोषाध्यक्षमा बसुन्धरा घर्ती र सहसचिवमा राजनजंग अधिकारीलाई चयन गरेको छ ।
त्यस्तै समितिको सदस्यहरुमा नरबहादुर गुरुङ, गंगाबहादुर जिसी, दौलत अधिकारी, रोशन रेग्मी, सुनिता आचार्य, सुर्य कार्की, देवेन्द्र कार्की र कृति बानियाँ रहेका छन् ।
भेलाले समितिको संरक्षकमा व्यास नगरपालिका वडा नं ९का वडाध्यक्ष सुरेश थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणदत्त पौडेल, विद्यालयका प्राचार्य शिवचन्द्र आचार्यलाई चयन गरिएको छ ।
सोमबार बसेको समितिको पहिलो बैठकले समितिको कानुनी सल्लाहकारमा बरिष्ठ अधिवक्ता बालचन्द्र आचार्यलाई मनोनित गरेको छ ।
त्यस्तैगरी ७ वटा विभिन्न उपसमितिहरु गठन गरी तीनका संयोजक र सदस्य समेत मनोनित गरेको छ । जसमा अर्थ समिति संयोजकमा भक्तबहादुर गोदार र सदस्यहरुमा बसुन्धरा घर्ती , गंगा बहादुर जिसी रहेका छन् ।
शैक्षिक गुणस्तर परामर्श समितिका संयोजक महेन्द्र न्यौपाने तथा सदस्यहरुमा विजय आचार्य र अजित आचार्यलाई मनोनित गरिएको छ ।
त्यसैगरी विदेश समन्वय समिति संयोजकमा रोशन रेग्मी र सदस्यहरुमा दौलत अधिकारी र कपिल आचार्यलाई जिम्मेवारी प्रदान गरिएको छ ।
प्रचारप्रसार उपसमितिको संयोजकमा सुनिता आचार्य तथा सदस्यहरुमा देवेन्द्र कार्की र राजनजंग अधिकारी मनोनित भएका छन् ।
त्यस्तैगरी स्थानीय समन्वय समितिको संयोजकमा नरबहादुर गुरुङ तथा सदस्यहरुमा सुरेन्द्र खनाल र राजनजंग अधिकारीलाई मनोनित गरिएको छ ।
अतिरिक्त क्रियाकलाप संयोजकमा विजय आचार्य र सदस्यहरुमा कृति बानिया, राजनजंग अधिकारी रहेका छन् भने तथ्यांक अध्यावधिक समितिको संयोजकममा सुरेन्द्र खनाललाई मनोनित गरिएको छ ।
नव गठित समितिका अध्यक्ष कट्टेलले विद्यालयको शैक्षिक बिकास र प्रगतिका लागि सबै उपसमितिसँग समन्वय गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
माहेन्द्री माविको शैक्षिक, भौतिक र प्रशासनिक बिकासका लागि विद्यालयबाट पढेर विभिन्न क्षेत्रमा क्रियाशिल रहेका पूर्व विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका रहने भएकाले सबैलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न उनले आग्रह समेत गरे ।
पूर्व विद्यार्थी समाजले विगतमा विविध कारणवश अपेक्षित रुपमा काम गर्न नसेकको स्वीकार्दै उनले अब देश तथा विदेशमा रहेका पूर्व विद्यार्थीहरुको सल्लाह, सुझाव र प्रतिक्रिया बमोजिम अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *