दुलेगौडामा रड प्रहारबाट देवघाटका आलेको मृत्यु

Byखवरबाटिका

२५ कार्तिक २०७९, शुक्रबार १९:२७ २५ कार्तिक २०७९, शुक्रबार १९:२७ २५ कार्तिक २०७९, शुक्रबार १९:२७

दुलेगौडा, तनहुँ । तनहुँको दुलेगौडामा रड प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवघाट गाउँपालिका वडा नं २ क्वादी स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा बस्ने २४ वर्षीय विरम आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शुक्रबार दिउसो अन्दाजी साढे १२ बजेको समयमा जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा स्थितमा रहेको रिमाल अटो केयरमा काम गरिरहेको अवस्थामा सर्लाही गौरीशंकर नगरपालिका वडा नं ५ बगरवा स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा बस्ने २५ वर्षीय नविन कुमार चौधरीले एक्कासी पछाडीबाट आई रडले टाउकोमा प्रहार गरेका थिए ।

चौधरीले हिर्काईबाट घाइते भएका आलेलाई उपचारको लागी तनहुँ सेवा अस्पताल दुलेगौडामा सामान्य उपचार पश्चात थप उपचारको लागी मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको थियो । तर आलेको उपचारको क्रममा आजै १:२५ बजेको समयमा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

उक्त घटनामा संलग्न रहेका नबिन कुमार चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *