जिल्ला कारागार तनहुँमा कैदीबन्दीद्वारा मतदान (तस्बिर सहित)

Byकिरण श्रेष्ठ

४ मंसिर २०७९, आईतवार ०९:४८ ४ मंसिर २०७९, आईतवार ०९:४८ ४ मंसिर २०७९, आईतवार ०९:४८

तनहुँ । तनहुँ कारागारमा रहेका कैदिबन्दीले मतदान गरेका छन । आज मङ्सिर ४ गते भईरहेको निर्वाचनमा कारागारका ५४ कैदीबन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्ने कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए ।

उनका अनुसार कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्रै मताधिकार प्रयोग गर्नेछन् ।

विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका, मुद्दाको किनारा नलागी पुर्पक्षमा रहेका तथा बिगो/जरिवाना तथा धरौटी तिर्न नसकी थुनामै रहेका गरी जिल्ला कारागारमा २ सय ९५ कैदीबन्दी छन् ।

मतदाताको अन्तिम नामावलीमा नाम भएका र अस्थायी मतदाताका लागि तोकिएको अवधिभित्र विवरण पेस गरेकाहरू अस्थायी मतदाता बन्न पाउने व्यवस्था छ ।

मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी हरि प्रसाद ढकालले बताए ।

तनहुँमा दुई वटा अस्थायी मतदान केन्द्र बनाइएको छ । जिल्ला कारागार तनहुँ र कृषि ज्ञान केन्द्रको कार्यालयमा अस्थायी मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने ३०५ रहेको छ । जिल्लामा मतदानस्थल भने १४२ वटा छन् ।

तनहुँमा आसन्न चुनावका लागि १ लाख १९ हजार ६५० जना पुरुष र १ लाख २८ हजार ८४५ जना महिला गरी कूल २ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *