विश्वकपको आयोजक कतारलाई हराउँदै उद्घाटन खेलमा इक्वेडर विजयी

Byखवरबाटिका

५ मंसिर २०७९, सोमबार ००:१४ ५ मंसिर २०७९, सोमबार ००:१४ ५ मंसिर २०७९, सोमबार ००:१४

तनहुँ । विश्वकप फुटबलको आयोजक कतार उद्घाटन खेलमा पराजित भएको छ ।

कतार इक्वेडरसँग २–० ले पराजित भएको छ । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे ।

१६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे ।

कतारका प्रशिक्षक फेलिक्स साञ्चेजले ६ महिना लामो तयारी गरेको भए पनि कतारले त्यो तयारीको नतिजा निकाल्न सकेन । कतारका खेलाडी आफ्नै घरेलु मैदानमा नर्भस देखिए ।

अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शक्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । तर कतारले आशा गरे अनुसार खेल्न सकेन ।

कतारले खेलको दोस्रो हाफमा इक्वेडरमाथी निरन्तर दबाब कायम गरेको थियो । साथै कतारले गोल गर्ने निकै प्रयास गर्दा पनि गोल हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *