तनहुँमा दिउँसो २ बजेदेखि मात्रै मतगणना सुरु हुने

Byकिरण श्रेष्ठ

५ मंसिर २०७९, सोमबार १२:१२ ५ मंसिर २०७९, सोमबार १२:१२ ५ मंसिर २०७९, सोमबार १२:१२

तनहुँ । तनहुँमा मतगणनाका लागि सर्वपक्षीय बैठक सकिएको छ ।

बैठकले सोमबार दिउँसो २ बजेदेखि मतगणना गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।

तनहुँ क्षेत्र नम्बर १ मा दिउँसो २ बजेदेखि र क्षेत्र नम्बर २ मा दिउँसो १२:३० बजेदेखि मतगणनाको तयारी गरिएको छ ।

जिल्लामा आज बिहान १० बजेपछि मात्रै सर्वपक्षीय बैठक बसेको थियो ।

यस पटक तनहुँमा ५४ प्रतिशत मत खसेको छ । तनहुँको कुल मतदाता संख्या २ लाख ४८ हजार ४९५ रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *