घिरिङको जगौलिटारमा मोटरसाईकल दुर्घटना हुँदा चालक दरैको मृत्यु

Byखवरबाटिका

१० मंसिर २०७९, शनिबार १३:५९ १० मंसिर २०७९, शनिबार १३:५९ १० मंसिर २०७९, शनिबार १३:५९

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका स्थित जगौलिटारमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घिरिङ गाउँपालिका १ पुटार बस्ने २२ वर्षीय सुनिल दरै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त मोटरसाइकलमा चालक सहित ३ जना सवार रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक दरै, पछाडी सवार सोही स्थान बस्ने २१ वर्षिय खुम बहादुर राना र २१ वर्ष कै राम बहादुर कुमाल समेत तीनै जना घईते भएकोमा घाईते मध्ये मोटरसाईकल चालक सुनिल दरैको सेतीगंगा अस्पताल बेलचौतारा १२:१५ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य दुई जना घाईतेहरु खुम बहादुर र राना राम बहादुर कुमालको गण्डकी मेडिकल कलेज अस्पताल पोखरामा समान्य उपचार पश्चात डिस्चार्ज भएका छन् ।

शुक्रबार ९ बजेको समयमा जिल्लाको घिरिङ गाउँपालिका १ जगौलिटार स्थित कच्ची सडक खण्डमा बनटारबाट पुटार तर्फ जाँदै गरेको लु ३९ प ५०९७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडक देखी अन्दाजी ५० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनले भने ‘घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *