तनहुँ कारागारका महिला कैदीबन्दीलाई मानसिक सचेतना

Byखवरबाटिका

१२ मंसिर २०७९, सोमबार ११:०८ १२ मंसिर २०७९, सोमबार ११:०८ १२ मंसिर २०७९, सोमबार ११:०८

तनहुँ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला कारागार तनहुँमा रहेका कैदीबन्दीका लागि मानसिक सचेतना कार्यक्रम गरिएको छ । कोशिस नेपाल, क्रियाशील पत्रकार महिला तनहुँ, सञ्चारिका समूह नेपाल तनहुँ, सामाजिक विकास कार्यालय तनहुँ, एकद्वार संकट व्यवस्थापन संयन्त्र सेवा केन्द्र (ओसिएमसि)को संयुक्त आयोजना तथा जिल्ला कारागार कार्यालय तनहुँको समन्वयमा मानसिक सचेतना कार्यक्रम गरिएको हो ।

कारागारमा रहेका १४ महिला कैदीबन्दीलाई कोशिस नेपालका मनोविद सीता भण्डारी र आरती अधिकारीले परामर्श दिएका छन् । उनीहरुलाई विचलन भएको मनलाई व्यवस्थापन गर्ने विधि प्रयोगात्मक रुपमा सिकाएका छन् ।

क्रियाशील पत्रकार महिलाका केन्द्रिय सदस्य सोनी शर्माले कारागारमा रहेका कैदीबन्दीले मानसिक विचलनले गर्दा नै आपराधिक क्रियाकलापमा संलग्न भएर सजायको भागिदार बनेकाले उनीहरुको मानसिकतामा व्यवस्थापन गर्न सहयोग पु¥याउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिइन् ।

कोशिस तनहुँका परियोजना संयोजक महेन्द्र आचार्यले मानसिक विचलन भएका व्यक्तिलाई मनोपरामर्शको सचेतनाको अभावले अपराधिक गतिविधिमा संलग्न हुने भएकाले मनलाई व्यवस्थापन हुने विश्वास व्यक्त गरे । तनहुँ कारागारका निमित्त प्रमुख नारायण प्रसाद अधिकारीले कैदीबन्दीको मानसिक सन्तुलनका लागि सीपमुलक तालिमको व्यवस्थापन गरिएको बताए ।

सचेतना कार्यक्रममा कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । सिटामोल, रुघाखोकी, जीवनजल लगायतका औषधी समेत कैदीबन्दी वितरण गरिएको छ । महिला कैदीबन्दीका लागि अत्यावश्यक सामग्रीको रुपमा रहेको एक सय थान सेनेटरी प्याड वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *