अपाङ्गताको विविध विषयमा छलफल

Byखवरबाटिका

१२ मंसिर २०७९, सोमबार ११:१६ १२ मंसिर २०७९, सोमबार ११:१६ १२ मंसिर २०७९, सोमबार ११:१६

तनहुँ । अपाङ्गता भएका व्यक्तिहरुद्वारा स्थापित सहृदयी मञ्च तनहुँ नेपाल र स्वाबलम्वन जीवन पद्दति केन्द्र पोखराको संयुक्त आयोजनामा लैङ्गिग हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत अपाङ्गता सम्बन्धी समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख एवम् अपाङ्गता समन्वय समितिको संयोजक इन्दिरा दरैले व्यास नगरपालिका अपाङ्गता भएका व्यक्तिहरुको पक्षमा सधैं सकारात्मक भएको र अवका दिनमा अपाङ्गता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणको लागि सीपमूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताईन ।

संस्थाको अध्यक्ष सावित्री सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदी, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख शंखरबाबु अधिकारी, व्यास नगरपालिका महिला, बालबालिका तथा समाजकल्याण उपशाखाको प्रमुख राधा आचार्य, म्याग्दे गाउँपालिका महिला, बालबालिका तथा समाजकल्याण शाखाको प्रमुख शारदा पौडेल, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष अन्जना के.सी, स्वाबलम्बन जीवन पद्दति केन्द्र पोखराको अध्यक्ष हेम गुरुङ्ग, अपाङ्गता अधिकारकर्मी मदन पौडेल, रिसेडका उपाध्यक्ष ईश्वर बास्तोलाले अपाङ्गता भएका व्यक्तिहरुलाई आई परेका विविध समस्या र समाधानका उपायहरु बारेमा आआफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रम संचालन सहृदयी मञ्च तनहुँ नेपालकी सचिव कृष्णा थापाले गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *