दगाममा फोनिजको दुई दिने अन्तरक्रिया

Byखवरबाटिका

१७ मंसिर २०७९, शनिबार १९:२७ १७ मंसिर २०७९, शनिबार १९:२७ १७ मंसिर २०७९, शनिबार १९:२७

दगाम । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) गण्डकीले तनहुँको शुक्लागण्डकी स्थिति दगाममा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका २ दगामस्थित सामुदायिक होमस्टेमा पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालयका सचिव शम्भुराज रेग्मीले शुक्लागण्डकी २ मा पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।

उनले विभिन्न स्थानको होमस्टेमा अवलोकनका लागि पुगेको बताउदै दगाम गाउँको अत्याधिक सम्भावना रहेको धारणा राखे । उनले दगाम होमस्टे पोखरादेखि नजिकै रहेकाले प्रचारप्रसारलाई व्यापक बनाउन आग्रह गरे ।

यसैगरि शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष सुमन रानाले दगाम पुग्ने सडक स्तरोन्नतीको काम अगाडि बढिसकेको बताए ।

यसैगरि फोनिज गण्डकीका इन्चार्ज एमबि आस्थामगरले ग्रामिण पर्यटन विकासका लागि कार्यक्रमहरु सम्बन्धित गाउँमै पुगेर गर्दै आएको बताए । उनले पत्रकारहरुको सुचना तथा समाचारकै कारण ओझेलमा परेको पर्यटकीय गाउँहरुको प्रवद्र्धनमा सघाउ पुर्याउदै आएको उल्लेख गरे ।

फोनिजले पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका विषयक कार्यक्रमसँगै सोही स्थानमा बिहिबार पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रमसमेत सम्पन्न गरेको थियो । सो कार्यक्रममा अधिवक्ता तथा पत्रकार मनोज घर्तीमगरले प्रशिक्षण दिएका थिए ।

सो कार्यक्रममा सामुदायिक होमस्टे संयोजक नन्द थापामगर, फोनिज तनहुँका जिल्ला अध्यक्ष किरण श्रेष्ठ, शुक्लागण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्याय लगायतले बोलेका थिए ।

फोजिन गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने महासचिव धन बहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *