गठबन्धनको सरकार टिकाउन जरुरी छ : नेता पौडेल

Byखवरबाटिका

१८ मंसिर २०७९, आईतवार १९:४८ १८ मंसिर २०७९, आईतवार १९:४८ १८ मंसिर २०७९, आईतवार १९:४८

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नव निर्वाचित प्रतिनिधी सभा सदस्य रामचन्द्र पौडेलले गठबन्धनको सरकार टिकाउन जरुरी रहेको बताए ।

तनहुँको व्यास नगरपालिका–८ पुलिमराङ, सहिदको गाउँमा मतदातालाई धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सत्तारुढ गठबन्धन मर्म भनेको शान्ति, सूशासन, स्थिर सरकार र समृद्धि भएकोले निरन्तरता दिईनु पर्ने बताए ।

निर्वाचित जनप्रतिनिधीले जनताको विश्वासलाई धोका दिन नहुने बताए । कुनै पनि आँच आउन नदिने गरी दरो रुपमा मनमा राखेर काम गर्नुपर्ने उनले बताए ।

‘तपाईले दिएको मतको पुरापुर हामी सदुपयोग गर्छौै, अत्यन्त इमान्दार पूर्वक काम गरेर मतदाताले ठिक गरेछौं भन्ने मनमा आनन्द हुने मनमा आनन्द हुने गरी काम गर्ने नेता पौडेलले बताए । ‘भोट हालेर जिताउने काम पुरा गर्नु भएको छ काम गरेर ऋण तिर्ने कतव्य पुरा गछौं’ नेता पौडेलले मतदातालाई भने । सहिदको गाउँबाट प्ररेणा मिलेर राजनीतिमा लागेको पौडेलले बताए ।

अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुसशासन, विकास र गाउँकै मानिसलाई रोजगारी दिनसक्नु पर्ने नेता पौडेलले बताए ।

देशलाई सुशासन आवश्यक छ, भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सक्यौं भने विकास हुन्छ नेता पौडेलले भन्नुभयो, कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्ने पर्यटनको विस्तार गाउँमा पु¥याउने , गाउँगाउँमा उद्योगहरु खोल्नु पर्छ । सरकारको नेतृत्वको लागि आफूले दाबी गर्ने नेता पौडेलले बताए ।

राजनीतिको अवधिभरी प्रजातन्त्रको पक्षमा ३० वर्ष लडें एक इन्च पनि झुकिन, शान्तिसँग बस्छु भनेको भए जेल बस्नु पर्ने थिएन, कहिँ झुकिन आज पर्यन्त सत्ताको युगमा कही पनि नझुकेको व्यक्ति हुँ’ पौडेलले भने ।

नेता पौडेलले नाकमा कालो राख्न नदिएको र देशमा सुशासन दिने नैतिक सामर्थ व्यक्तिमा हुनु पर्ने त्यो आफूसँग भएकोले प्रधानमन्त्री बन्न चाहेको बताए । ‘सहिदको प्रेरणाले चुकिन । नैतिक सार्मथ जोगाएर राखेको छु सूशासन भयो भने देशको विकास हुन्छ त्यसको लागि मैलै सामर्थ राखेको छु’ नेता पौडेलले भने । नेता पौडेलले सम्बोधन गर्नु अघि पुलिमराङ स्थित सहिद पार्कमा रहेका सहिदको सालिकमा माल्यापर्ण गरेका थिए ।

सहिद धर्मध्वज गुरुङको प्रेरणाले राजनीतिमा लागेको नेता पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *